काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालको पक्षमा बोलेका छन् ।नेपाल-भारत सीमा विवाद भैरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालको पक्षमा बोलेका हुन् ।खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विस्तारवादी नीतिका कारण नेपाल–भारतबीच सीमा विवाद भएको आरोप समेत लगाएका छन्।
पाकिस्तानका प्रधानमन्त्री खानले ट्वीटमा मोदी सरकारलाई हिन्दुत्व अतिवादी सरकार र नाजिवादीको संज्ञा दिएका छन्। मोदी सरकार छिमेकी राष्ट्रको लागि खतरा भएको उनले बताएका छन्। खानले मोदीको विस्तारवादी नीतिकै कारण भारतमा नागरिकता कानुनको विवाद भएको बताउँदै यस कानुनबाट भारतले बंगलादेशलाई निशाना साँधेको बताएका छन्। भारतले नयाँ नागरिकता कानुन पारित गराउँदै बंगलादेशका गैरमुस्लिम नागरिकले भारतमा नागरिकता पाउने बताएको थियो।
विस्तारवादी नीतिबाट प्रेरित भारतले नेपाल र चीनसँग सीमा विवाद गरिरहेको पनि खानको आरोप छ।
The Hindutva Supremacist Modi Govt with its arrogant expansionist policies, akin to Nazi’s Lebensraum (Living Space), is becoming a threat to India’s neighbours. Bangladesh through Citizenship Act, border disputes with Nepal & China, & Pak threatened with false flag operation.
— Imran Khan (@ImranKhanPTI) May 27, 2020




प्रतिक्रिया