अन्तरास्ट्रिय

मोदी र भाजपा अध्यक्षको दाबीः भाजपाले ३०० भन्दा बढी सीट जित्छ

एजेन्सी – प्रधामन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले आफ्नो दल ३०० भन्दा बढी सीट जितेर दुईतिहाइ बहुमतका साथ आगामी सरकार बनाउने बताएका छन् ।

dish home

भारतमा लोकसभा निर्वाचनको ६ चरणको मतदान सम्पन्न भइसकेको छ भने सातौं तथा अन्तिम चरणको चुनाव आइतवार हुँदैछ । पूर्ण बहुमतका लागि कुनै पनि दलले २७२ सीट जित्नुपर्ने हुन्छ ।

द टाइम्स अफ इन्डियाका अनुसार भाजपा एक्लैले बहुमतको आँकडा छुने शाहले दाबी गरेका छन् । ‘पाँचौं र छैठौं चरणको मतदानपछि भाजपाले बहुमत ल्याउने अनि सातौं चरणपछि ३०० सीट कटाउनेछ,’ शाहले भने ।

मोदी पनि शाहजत्तिकै आत्मविश्वासी देखिए । उनले पश्चिम बंगालमा आयोजित एक चुनावी सभामा भने, ‘भाजपाले बंगालको ४२ लोकसभा सीटमा बहुमत ल्याउँछ र लोकसभामा ३०० सीटभन्दा बढी जित्छ ।’ मोदीले आफ्नो दल सत्तामा फर्किने आत्मविश्वास प्रकट गर्ने गरेको भए पनि पहिलोपटक भाजपाले ३०० सीट कटाउने दाबी गरेका हुन् ।

नयाँ दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा शाहले भने, ‘तपाईं मिडियाकर्मीहरू हामीले कति सीट जित्छौं भनी सोधिरहनुहुन्छ । म देशभरि घुमेको छु र जनताको उत्साह हेर्दा भाजपाले पाँचौं र छैठौं चरणको चुनावपछि बहुमतको आँकडा पार गर्नेमा म विश्वस्त छु । पार्टीले सातौं चरणपछि ३०० सीट कटाउँछ र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एनडीएले फेरि सरकार बनाउँछ ।’

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top