श्रीलंका पुग्नासाथ सेन्ट एन्थोनी चर्चमा गए नरेन्द्र मोदी


कोलम्बो – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्सको भ्रमण सकेर आइतबार श्रीलंका पुगेका छन् । उनले कोलम्बोस्थित सेन्ट एन्थोनी चर्चमा गएर इस्टर सन्डेका दिन चर्चमा भएको आतंकवादी हमलाका मृतकहरुको नाममा प्रार्थना गरेका छन् ।

उनले सो अवसरमा आतंकवाद विरुद्ध श्रीलंका सरकारले चालेको कदममा भारत साथ रहेको समेत जनाएका छन् । उनी शनिबार माल्दिभ्स भ्रमणमा गएकोमा आइतबार श्रीलंका गएका हुन् । मोदीलाई स्वागत गर्न श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमासिंघे नै बिमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement