काठमाण्डु – चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन र भारत प्रतिद्वन्द्वी नभई सहयोगी साझेदार देश भएको औंल्याएका छन् ।
दुवै देशका सर्वाेच्च नेताहरूले २ देश एकअर्काका लागि खतरा नभई विकासका अवसर भएको प्रतिक्रिया दिए ।
आईतबार र सोमबार हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलन २०२५ अघि २ नेताहरूले उत्तरी चिनियाँ बन्दरगाह शहर तियानजिनमा भेटेका थिए ।
सीले गत वर्ष मोदीसँग भएको सफल भेटघाटको स्मरण गरे । भेटले चीन–भारत सम्बन्धलाई पुन:स्थापित गर्न र नयाँ सुरुवात गर्न सक्षम बनाउनुका साथै २ देशहरू बिचको आदानप्रदान र सहयोगले नयाँ प्रगति गरेको स्मरण गरे ।
चीन र भारत प्राचीन सभ्यताहरू, विश्वका २ सबैभन्दा बढी जनसंख्या भएका देशहरू र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्यहरू हुन् भन्ने कुरा उल्लेख गरे । सीले २ देशले जनताको कल्याणमा सुधार गर्ने, विकासशील देशहरूको एकता र पुनरुत्थानलाई प्रवर्द्धन गर्ने र मानव समाजको प्रगतिलाई अगाडि बढाउने महत्वपूर्ण जिम्मेवारी बहन गर्ने बताए ।
चीन र भारतले राम्रो सम्बन्धमा छिमेकी बन्नुपर्छ र एकअर्कालाई सफल हुन मद्दत गर्ने साझेदार बन्नुपर्छ भन्ने सीको धारणा थियो ।
यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सव भएको कुरा उल्लेख गर्दै सीले २ देशले द्विपक्षीय सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्न र सम्हाल्न आवश्यक रहेको बताए ।
यता, मोदीले भारत र चीन प्रतिद्वन्द्वी नभई साझेदार रहेको र सहमति–असहमतिभन्दा धेरै माथि रहेको उल्लेख गरे । उनले भारत द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्न र विकास गर्न तयार रहेको उल्लेख गरे ।
मोदीले पारस्परिक विश्वास, सम्मान र संवेदनशीलताको सिद्धान्तमा चीनसँगको सम्बन्धलाई अगाडि बढाउने भारतको प्रतिबद्धता रहेको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले गत वर्षको कजान वार्तापछि भएको प्रगतिको उल्लेख गर्दै जसमा सीमा विच्छेदन, कैलाश मानसरोवर तीर्थयात्रा मार्ग पुन: खोल्ने र प्रत्यक्ष उडानहरू पुन: सुरु गर्ने विषय उठाएका थिए ।




प्रतिक्रिया