‘पद्मश्री साधना सम्मान’ नलिने मोदनाथ प्रश्रितको घोषणा

‘पद्मश्री साधना सम्मान’ नलिने मोदनाथ प्रश्रितको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवाद आएपछि साहित्यकार मोदनाथ प्रश्रितले ‘पद्मश्री साधना सम्मान’ नलिने घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै प्रश्रितले आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका हुन् ।

‘खेम हरिकला समाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु’, प्रश्रितले भनेका छन्, ‘यो समाचार प्रकाशित भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्र्दभमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।’