परराष्ट्रसचिव बैरागी ढांकामा, बंग्लादेशका परराष्ट्रमन्त्रीसंग वैरागीले गरे खतरनाक प्रस्ताव

परराष्ट्रसचिव बैरागी ढांकामा, बंग्लादेशका परराष्ट्रमन्त्रीसंग वैरागीले गरे खतरनाक प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढांका–परराष्ट्रसचिव शंकरदास बैरागी र  बंग्लादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीबीच भेटवार्ता भएको छ । बंगलादेशको औपचारीक भ्रमणमा रहेका परराष्ट्रमन्त्रालयका सचिव वैरागीले आइतवार मन्त्री अलीसंग ढाकामा शिष्टाचार भेटवार्ता गरेका हुन ।

 

 

 

 

भेटवार्तामा बङगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल भुसालसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । ढाकास्थित नेपाली राजदूतावासले भेटमा दुई देशबीचको व्यापार प्रवद्धन, सम्पर्क संजाल विस्तार, ऊर्जा क्षेत्रमा लगानी, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्धनका विषयमा कुराकानी भएको जनाएको छ ।

 

 

त्यसका साथै दुई देशबीचको सहकार्य र समन्वयलाई उच्च तहमा विस्तार गर्ने समझदारी समेत भएको छ । सचिव वैरागीले बंगलादेशको ‘रोड ट्रान्स्पोर्ट एण्ड हाइवेज विभाग’का सचिव एमएएन सिद्धिकीसंग पनि भेटवार्ता गरेका थिए ।

 

 

भेटवार्तामा दुई देशबीच यातायात र सम्पर्क संजाल विस्तार गर्नेबारेमा छलफल भएको थियो । त्यसका लागी दुवै देशका अधिकारीले छलफललाई निरन्तरता दिने विषयमा समेत कुराकानी भएको थियो ।