काठमाडौं – सरकारी निकायबाट हुने त्रुटि र गल्ती खोज्दै बस्ने र त्यसको दोष सरकारमाथि थुपार्ने एउटा राजनीतिक समूह सामाजिक सञ्जालतिर सक्रिय छ । त्यो समूहको एकसुत्रीय उद्देश्य हुन्छ – मौका पाउने बित्तीकै ‘तिललाई पहाड’ बनाउँदै दुईतिहाई बहुमतको सरकारले बिगा¥यो भनेर प्रचार गर्ने ।
पुस ११ गते बुधबार सामाजिक सञ्जालमा राष्ट्रपति र सरकारमाथि प्रहार गर्दै एउटा प्रेस विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुनामीबाट क्षति व्यहोरेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई सन्देश पठाएको जानकारी दिइएको थियो । जसमा समवेदना हुनुपर्नेमा ‘बधाई’ लेखिएको थियो ।
सामाजिक सञ्जालमा कुप्रचार
कम्यूटरमा टाइप गर्ने, रुजु गर्ने र सदर गर्ने कर्मचारीको गल्तीका कारण समवेदना लेख्नुपर्नेमा बधाई लेखिएको थियो । त्यो प्रेस विज्ञप्ति इन्डोनेसिया पठाइएको पनि होइन । सञ्चारमाध्यमको जानकारीका लागि स्वदेशभित्रै परराष्ट्र मन्त्रालयबाट पठाइएको थियो ।
सञ्चारमाध्यममा प्रेस विज्ञप्ति प्रेषित गर्नुअघि रुजु र सदर गर्नुपर्ने जिम्मेवारी कर्मचारीले ख्याल गर्नुपर्ने हो । यस्तो गल्ती हुनु गम्भीर हो । त्यसमा सरकार र राष्ट्रपतिको कुनै भूमिका र दोष थिएन । तर प्रचार गर्दा ‘राष्ट्रपतिले सुनामी पीडितलाई बधाई सन्देश पठाइन्’ भनेर प्रचार गरियो । जुन सही होइन । यो काण्डमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि प्रहार गरियो । तर त्यो विज्ञप्ति मन्त्रीस्तरबाट जारी हुने खालको पनि होइन ।
समवेदना लेख्नुपर्ने ठाउँमा बधाई लेख्दा सरकारी कर्मचारीको लापरवाही र प्रवृत्ति उदाङ्गो भएको छ । सरकारी कर्मचारीको कार्यक्षमतामा समेत गम्भीर प्रश्न खडा भएको छ । गल्ती गर्ने कर्मचारी हालसालै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार वा परराष्ट्रमन्त्रीले भर्ना गरेका भए पनि असक्षम कर्मचारी भर्ना गरिए र गल्ती भयो भनेर भन्न सकिन्थ्यो । कर्मचारी पहिल्यैदेखि भर्ना भएका हुन् । तसर्थ, कर्मचारीले गरेको गल्तीमा मन्त्री र सरकारलाई जोडेर प्रचारवाजी गरिनुमा कुप्रचारबाहेक केही देखिँदैन ।
त्रुटिपछि मन्त्रीको भूमिका
विज्ञप्तिको त्रुटिमा मन्त्री प्रदीप ज्ञवालीको भूमिका नभएपनि त्रुटि भएपछि मन्त्रीको भूमिका रहन्छ । त्रुटि गर्ने कर्मचारी पत्ता लगाउने र कारवाही तथा नसिहत दिने काम मन्त्रीमा मन्त्रीको सक्रियता हुनुपर्छ । मन्त्रीले यस्तोमा निर्देशन मात्रै दिने हो । कारवाही त मन्त्रालयमा रहेका सचिव र महाशाखा प्रमुखले अगाडि बढाउँछन् । प्रेस विज्ञप्ति प्रेषित हुने महाशाखामा छानबिन तथा कारवाही प्रक्रिया अगाडि बढिसकेको सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा चर्काे आलोचना भएपछि मन्त्रीले समेत विषयलाई गम्भीर रुपमा लिएर मन्त्रालय मातहतका सबै महाशाखा प्रमुखसँग छलफल गर्दै जिम्मेवारीमा गम्भीर हुन निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयका सचिव र विभिन्न महाशाखाका प्रमुखसंग छलफल गर्दै मन्त्री ज्ञवालीले एउटा गल्तीले समग्र कर्मचारीमाथि प्रश्न उठ्ने भएकाले गम्भीर भएर काम गर्न निर्देशन दिएका छन् । उनले सामाजिक संजालमा आएको टिप्पणीले कर्मचारीमाथी कति भरोषा रहेछ भनेर बुझ्न समेत सुझाएका थिए ।
के थियो त्रुटि ?
परराष्ट्र मन्त्रालयद्वारा प्रेषित विज्ञप्तिमा लेखिएको थियो, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले सुनामीका कारण इण्डोनेसियको बान्टेन र लाम्पुङमा भएको जनधनको क्षतिप्रति इण्डोनिसियाका राष्ट्रपति जोको विडोडोलाई ‘बधाई सन्देश’ पठाउनुभएको छ ।
पहिलो अनुच्छेदमा सुनामीका कारण भएको जनधनको क्षतिप्रति शुरूमा ‘बधाई सन्देश’ पठाएको बताइएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिको दोस्रो अनुच्छेदमा ‘त्यहाँ भएको जनधनको क्षतिप्रति नेपाल सरकार र आफ्नो तर्फबाट इण्डोनेसियाली सरकारप्रति गहिरो दुःख प्रकट गरेको’ उल्लेख थियो । पहिलो अनुच्छेदमा समवेदना हुनुपर्नेमा ‘बधाई’ भएकोमा सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
यस्तो थियो परराष्ट्र मन्त्रालयद्वारा प्रेषित पत्र-





प्रतिक्रिया