पांच देशमा राजदूत नियुक्त, मुख्यसचिव रेग्मीको अमेरिकाको राजदूत वन्ने सपना तुहियो 

पांच देशमा राजदूत नियुक्त, मुख्यसचिव रेग्मीको अमेरिकाको राजदूत वन्ने सपना तुहियो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –सरकारले अष्ट्रेलिया, स्पेन, दक्षिण कोरीया, बंगलादेश र कतारसहित पांच देशका लागि राजदूत सिफारिश गरेको छ ।  मन्त्रीपरिषदको विहिवार बसेको वैठकले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा. वंशिधर मिश्रलाई राजदूतमा सिफारिश गरेको हो । दक्षिण कोरीयाका लागी राजदूत नियुक्त भएको भएपनि नाम भने खुल्न सकेको छैन् । 

मुख्यसचिव लोकदर्शन रेग्मीलाई अष्ट्रेलियाको लागी राजदूतमा सिफारीस गरेपनि उनले अस्विकार गरेका थिए । रेग्मीले आफुलाई अमेरिकाको राजदुत पठाउन आग्रह गरेपनि त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीले राजदूत सिफारीसमा सन्तुलन मिलाएका छन् । उनले पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ट नेता माधव नेपाल निकटलाई पनि राजदुत नियुक्त गरेका छन् ।  

लक्की शेर्पा फर्किएपछि खाली भएको अष्ट्रेलियामा अध्यक्ष प्रचण्डको प्रस्तावमा दाहाललाई सिफारिश गरिएको हो। नेपाल टेलिभिजनको अध्यक्ष रहिसकेका दाहाल अध्यक्ष प्रचण्डका नातेदार पनि हुन्।

भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा कतारको राजदूत सिरफारिश भएका हुन्। झापा काण्डमा १२ वर्ष जेल बसेका उनी त्रिभुवन विश्वविद्यालयको रिडरबाट रिटायर्ड भएका हुन्। उनी पार्टी एकता हुनुअघि नेकपा एमालेको विदेश विभागका सदस्य थिए।

स्पेनका लागि राजदूत सिफारिश भएकी दावाफुटी शेर्पा पर्यटन क्षेत्रमा सक्रिय महिला हुन्। उनी पासाङ्ग लामुकी छोरी हुन भने हेलिकोप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङ्गछिरिङ शेर्पाकी भतिजि हुन् । 

त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिश भएका डा बंशिधर मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन्। मिश्र वरिष्ठ नेता माधव नेपालको प्रस्तावमा सिफारिश भएका हुन्।