परराष्ट्रमन्त्रालयको विज्ञप्तीको सामाजिक संजालमा चर्को आलोचना 

परराष्ट्रमन्त्रालयको विज्ञप्तीको सामाजिक संजालमा चर्को आलोचना 


 काठमाडौं-  परराष्ट्रमन्त्रालयले इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे जारी गरेको विज्ञप्तिमा गम्भिर त्रुटी भएको छ । 

परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा समवेदनाको साटो बधाईको सन्देश दिइएको छ । परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा सो त्रुटी भएको हो । 

इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएपछि सुनामी आउंदा हालसम्म चार सय भन्दा बढीको मृत्यु भइसकेको छ । दोस्रो हरफमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ । 

यसैबीच परराष्ट्र मन्त्रालयले असावधानीवश गल्ती भएको स्वीकर गर्दै विज्ञप्तिलाई सच्चाएको छ । परराष्ट्रमन्त्रालयको विज्ञप्तीको सामाजिक संजालमा चर्को विरोध भएको छ ।