परराष्ट्रका अधिकृतको भिषा अमेरिकी दूतावासद्धारा अस्विकृत  

परराष्ट्रका अधिकृतको भिषा अमेरिकी दूतावासद्धारा अस्विकृत  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्रालयका पांच जना उपसचिवको सरुवा भएको छ । सरुवा हुनेमा उपसचिवहरु उत्तम शाही नेपाली स्थायी नियोग जेनेभा, राजेन्द्र पाण्डे जेद्दामा रहेको नेपाली महावाणिज्यदुतावास र तिर्थ अर्यालको डेनमार्क सरुवा भएको छ । त्यसैगरी उपसचिव रिता धितालको युएई, कौशल किशोर रायको चीन र मोती बहादुर श्रीसको मलेसिया सरुवा भएको छ । 

अधिकृतलाई भिषा दिन अमेरिकी दूतावासद्धारा अस्विकार

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव रहेका शाखा अधिकृत जितबहादुर कार्कीलाई अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ । परराष्ट्र स्रोतले दिएको जानकारीअनुसार कार्कीलाई कुटनितिक राहदानीमा समेत भिषा दिन अस्विकार गरेको हो । 

उनलाई न्युयोर्कमा रहेको नेपाली महावाणिज्य दुतावासमा शाखा अधिकृत कृसु सुवेदीको ठाउंमा सरुवा गरिएको थियो । तर, उनलाई भिषा दिन अमेरिकी दूतावासले अस्विकार गरको हो ।  कार्की नासु हुंदा वासिङटनस्थित नेपाली दूतावासमा कार्यरत थिए । कार्कीका परिवारका सदस्यले टिपिएसमा आवेदन दिएका कारण उनको भिषा अस्विकृत गरेको हुन सक्ने बताइएको छ । 

न्युयोर्कस्थित महावाणिज्यदुतावास दुई महिनादेखि रिक्त रहेको छ । कार्कीले अमेरिका बाहेक अरु देश जानको लागी पहल गरिरहेको स्रोत बताउंछ । हाल उनि परराष्ट्रमन्त्री ज्ञवालीसंगै माल्दिभ्सको भ्रमणमा छन् । परराष्ट्रमन्त्रालयका प्रवक्ता भरत पौडेलले यसबारेमा आफुलाई जानकारी नभएको बताए ।