अध्यागमन विभागका महानिर्देशक र चितवनका प्रजिअ फेरिए

अध्यागमन विभागका महानिर्देशक र चितवनका प्रजिअ फेरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र चितवनका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट बुधबार गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको हो ।

२७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका रिजाललाई आज बल्ल जिम्मेवारी दिइएको हो ।

यसअघिका विभागका महानिर्देशक कोशहरि निरौलाको गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेपछि त्यहाँ महानिर्देशक खटाइएको थिएन ।

मन्त्रालयले चितवनमा प्रमुख जिल्ला अधिकारीका प्रकाश पौडेललाई पठाएको छ । चितवनको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ ।