२३ उपसचिवको सरुवा, ७ जिल्लाका सीडीओ फेरिए

२३ उपसचिवको सरुवा, ७ जिल्लाका सीडीओ फेरिए


काठमाडौं–सरकारले २३ जना उपसचिवको सरुवा गरेको छ। सोमबार भएको उपसचिव सरुवाको क्रममा दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

गृह मन्त्रालयका अनुसार संखुवासभामा जीवनप्रसाद दुलाल, रामेछापमा लिलाकुमारी केसी पाण्डे, रसुवामा अर्जुन भण्डारी, भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगाप्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद रिजाललाई सिडिओको रुपमा सरुवा गरेको छ ।
गोमादेवी चेम्जोङ्गलाई सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ।

नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ।  रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालय सरुवा गरिएको छ ।