सांसद आलमविरुद्ध जन्मकैदको माग गर्दै मुद्धा दायर

सांसद आलमविरुद्ध जन्मकैदको माग गर्दै मुद्धा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।

कार्यालयले आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा जन्मकैदको कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको हो ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।

आलमसहित १० जनालाई जन्मकैदको माग गर्दै अदालतमा जाने निर्णय भएको रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवालले जानकारी दिए ।

उनका अनुसार एक जनालाई भने मतियार भन्दै मुद्दा चलाइएको छ ।