हत्या आरोपमा पक्राउ परेका सांसद अझै पाँच दिन थुनामा बस्ने

हत्या आरोपमा पक्राउ परेका सांसद अझै पाँच दिन थुनामा बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ ।

पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।

आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो । अदालतमा सञ्चाकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले आफूलाई फसाइएको बताएका छन् ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका–४ (साविक राजपुर(४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते भएका यमुनामाई गाउँपालिका–४ (साविक सरुअठा(४) का त्रिलोक प्रसाद सिंह (पिन्टु) ओसी अख्तरलाई इँटा बनाउने चिम्नी भट्टामा जिउँदै जलाएको आरोप छ ।