काठमाडौैं – प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम (सांसद विकास कोष) को डेढ करोड रुपैयाँ भेरी अस्पताललाई प्रदान गरेका छन् । सांसद राईले कोरोना भाइरसका कारण विकास पूर्वाधारमा खर्च हुन नसकेको उक्त रकम भेरी अस्पताललाई दिएको जानकारी दिएका छन् ।
सांसद राईले अस्पताललाई आइसोलेसन वार्डमा लाग्ने भेन्टलेटर किन्न डेढ करोड रुपैयाँ दिने निर्णय भएको बताए ।
डुडुवामा रहेको बाल सुधार गृह र प्रहरी अस्पतालका लागि एम्बुलेन्स किन्न ५० लाख, करबला कब्रिस्तान मदरसाहरुको भौतिक पुर्वाधारका लागि ५० लाख र अन्य २ वटा मदरसा स्तरोन्नतिका लागि छुट्टाइएको ५० लाख रुपैयाँ बजेट खर्च हुन सकेको थिएन ।
मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत खर्च हुन नसक्ने रकमलाई कोरोना भाइरसको संक्रमण तथा रोकथाम कार्यक्रममा जम्मा गर्न सक्ने निर्णय गरेको थियो । यो रकम असार १५ गतेसम्म जम्मा गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।




प्रतिक्रिया