सरकारप्रति वैद्यको कटाक्ष, विप्लवलाई अनावश्यक ‘हाइलाइट’ गर्‍यो

सरकारप्रति वैद्यको कटाक्ष, विप्लवलाई अनावश्यक ‘हाइलाइट’ गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ— नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले सरकार विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित भएको बताएका छन्।

दाङको टरिगाउँ विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वैद्यले भने, ‘संविधानमा राजनीतिक दललाई प्रतिबन्ध लगाउने व्यवस्था कतै छैन,’उनले भने,‘ जति कुरा विप्लवजीले उठाएका छन् ती सबै राजनीतिक कुरा हुन्। उनलाई राज्यले राजनीतिक व्यवहार गर्नु पर्दथ्यो।’

उनले विप्लवले राज्यविरुद्ध सशस्त्र संघर्ष होइन भन्दाभन्दै सरकारले अनावश्यकरुपमा हाइलाइट गरिरहेको बताए।

वैद्यले भने,‘विप्लवजी आफैले स्वयं सशस्त्र संघर्ष होइन। प्रहरी र सेनामाथिको आक्रमण होइन भनिरहनु भएको छ। तर, राज्यले अनावश्यकरुपमा हाइलाइट गरिरहेको छ।’

उनले सीके राउतसँग रातारात वार्ता गर्ने सरकारले विप्लवसँग वार्ता गर्न खास ध्यान नदिएको टिप्पणी गरे। ‘वार्तामा बोलाउनका लागि मात्रै बोलाएर हुँदैन। सीके राउतसँग वार्ता गरेजसरी विप्लवसँग किन गरिएन,’उनले प्रश्न गरे।