काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पद आलोपालो गर्नु गलत भएको बताएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकिकरण हुँदा सरकारको प्रधानमन्त्री पद आलोपालोमा चलाउने प्रधानमन्त्री केपी ओली र आफूबीच सहमती भएको बताएका थिए ।
सो कुराको चर्चा आएको बेला वैद्यले यस्तो टिप्णणी गरेका हुन् । पार्टी एककिरण नटुङ्गिएको अवस्थामा पार्टीभित्र आलोपालो माग्नु गलत भएको उनको भनाई थियो ।
उनले २ पार्टीबीच आलोपालो सरकारको नेतृत्व गर्ने प्रचण्ड र ओलीबीच भएको गोप्य सहमतिप्रति वैद्यले प्रधानमन्त्रीजस्तो पदलाई भागबण्डा गराउन नहुने टिप्पणी गरे ।
शुक्रबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैद्यले भने, ‘केपी ओलीले ३ वर्ष र प्रचण्डले २ वर्ष आलोपालोमा सरकार सञ्चालन गर्ने गोप्य सहमति भएको भन्दै कुरा बाहिर आएको छ । मैले पनि सुने । पार्टी एकीकरण भइसकेपछि सरकार आलोपालोमा चलाउने कुरा अमर्या्दित र लज्जास्पद हुन्छ ।’
वैद्यले सरकार आफैं भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए । ‘वाइडबडी, ३३ किलो सुनका दोषीलाई कारवाही नगर्नुले सरकारका सरकारले भ्रष्टचारमा आफैं लागेको देखिन्छ,’ उनले भने ।




प्रतिक्रिया