भारतले नेपाली भूभागमाथि नांगो अतिक्रमण गर्‍योः मोहन वैद्य

भारतले नेपाली भूभागमाथि नांगो अतिक्रमण गर्‍योः मोहन वैद्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाली भूभागलाई भारतले उसको नक्सामा समेटेकोप्रति आपत्ति जनाएको छ ।

भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा समेटिएको छ । उसले भारतको यस्तो शैलीले नेपाली भूभागमा मात्रै नभएर सार्वभौमिकता र स्वाधीनतामाथि नै नांगो अतिक्रमण भएको निष्कर्ष निकालेको छ ।

‘भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको छ’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नांगो अतिक्रमण हो ।’

नेपाली भूमि भारतीय नक्सामा समेटिएको विषयलाई कूटनीतिक पहलमार्फत समाधान गर्न पनि उसले सरकारसमक्ष माग गरेको छ । ‘भारतले गलत गरेकाले कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।