सरकार अमेरिकी साम्राज्यवाद सामु लम्पसार पर्‍याे: मोहन वैद्य

सरकार अमेरिकी साम्राज्यवाद सामु लम्पसार पर्‍याे: मोहन वैद्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सरकार ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको पक्षपोषक’ भएको आरोप लगाएका छन् ।

माओ दिवसको अवसरमा बिहीबार वैद्यद्वारा जारी विज्ञप्तिमा अमेरिकी सैन्य रणनीतिको अंश रहेको एमसीसीलाई सदनबाट पारित गर्ने दुष्प्रयास गर्दै अमेरिकी साम्राज्यवादका सामु लम्पसार पर्न गएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस स्थितिमा कथित कम्युनिस्ट सरकारको भण्डाफोर गर्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ दृढताकासाथ अगाडि बढ्नुमा नै माओ दिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व रहन्छ ।’

वैद्यले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय विस्तारवादले आफ्नो नक्सामा पारेर नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि सिधा हस्तक्षेप गरेको तर सरकारले देखावटी विरोध मात्र गरेको आरोप लगाएका छन् ।

‘कम्युनिस्ट नामको वर्तमान प्रतिक्रियावादी सरकारले कालापानीबाट भारतीय सेना हटाउन र लिम्पियाधुरा, सुस्ता लगायतका अतिक्रमित भू–भाग फिर्ता गर्नका लागि कुटनीतिक पहल बढाउनुको साटो अतिक्रमणको देखावटी विरोध गरेर वास्तवमा भारतीय विस्तारवादको चाकडी गर्न गएको छ,’ उनले भनेका छन् ।