मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन् । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो ।

दमको समस्या बढेपछि उनलाई गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो । नेता वैद्यले आफ्नो उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति आभार व्यक्त गरेका छन् ।