एमाले सांसद बानियाँलाई निलम्बन गर्ने तयारी

एमाले सांसद बानियाँलाई निलम्बन गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।

‘माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने ।

उनका अनुसार संसदको आगमी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ । मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परेसँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या घट्नेछ ।

जुम्लाकी माओवादी नेतृको उजुरीको आधारमा सांसद् बानियाँ पक्राउ परेका हुन् । १८ माघमा २५ लाख रुपैयाँ दिन्छु भन्दै होटलमा बोलाएको तर पैसा नदिई उल्टै बलात्कार गरेको भन्दै शाहीले गत २७ माघमा उजुरी दिएकी थिइन् ।

सो उजुरीपछि पक्राउको आदेश लिए पनि लामो समय फरार रहेका बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । हाल बाँके जिल्ला प्रहरी कार्यालयको हिरासत रहेका सांसद बानियाँलाई आज अदालतमा म्याद थपका लागि उभ्याइनेछ ।