बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बलात्कारको आरोप लागेका नेकपा (एमाले) का नेता तथा जुम्लाका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बरजस्ती करणी गरेको मुद्दा मुद्दा परेपछि जिल्ला अदालत बाँकेले बुधबार न्यौपानेविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले अदालतबाट आदेश प्राप्त भएको बताएका छन् । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख छ ।