काठमाण्डु – नेपाली कांग्रेसले मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचित सांसद सूर्यबहादुर के.सी. को निधन भएर रिक्त रहेको उक्त स्थानमा पाण्डेलाई मननोनयन गर्ने निर्णय गरेको हो ।
बैठकले सोही अनुसार आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्नेछ ।
त्यस्तै बैठकले चौधौं महाधिवेशनको प्रयोजनका लागि जिल्लाहरुमा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण सम्बन्धमा, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने अवधि मंसिर मसान्त कायम गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया