चर्चामै नरहेका मोहन यादवलाई मध्यप्रदेशको मुख्यमन्त्री बनाउने भाजपाको निर्णय


काठमाण्डु – भारतको मध्यप्रदेशमा मोहन यादव मुख्यमन्त्री बन्ने भएका छन् ।

हालै भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएपछि भाजपाले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उनी उज्जैन दक्षिणबाट विधायक निर्वाचन भएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी मुख्यमन्त्री बन्ने दौडमा थिएनन् । पार्टीको आन्तरिक निर्णयपछि निवर्तमान मुख्यमन्त्री शिवराजसिंह चौहानले मोहन यादवलाई मुख्यमन्त्री बनाउन विधायक दलको बैठकमा प्रस्ताव गरेका थिए ।

मुख्यमन्त्रीबारे निर्णय लिनुअघि भाजपाको केन्द्रबाट खटिएका पर्यवेक्षकले भोपालमा छलफल गरेका थिए । केन्द्रीय पर्यवेक्षकमा हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टर, आशा लाकडा र के लक्ष्मण रहेका थिए । मध्यप्रदेशमा मुख्यमन्त्रीका लागि शिवराजसिंह चौहान, ज्योतिरादित्य सिन्धिया, नरेन्द्रसिंह तोमर, कैलाश विजयवर्गीय, प्रह्लाद पटेल र वीडी शर्माको नाम चर्चामा थियो तर भाजपाले चर्चामै नरहेका यादवलाई मुख्यमन्त्री बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement