ललितपुरमा आमाछोरी झुण्डिएको अवस्थामा मृत फेला

ललितपुरमा आमाछोरी झुण्डिएको अवस्थामा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको महाँकाल गाउँपालिकामा वडा नम्बर ४ कालेश्वर बतासे डाँडामा आमा छोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । बिहीबार बिहान मुगु स्थायी घर भएकी २५ वर्षीया जानी शर्मा र उनकी छोरी २२ महिनाकी राधिकाको झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको प्रहरीको भनाई छ। ज्याला मजदुरीमा काम गर्दै आएकी जानीका श्रीमान केही दिन अघि मात्रै गाउँ गएको प्रहरीको भनाई छ। घटना बारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।