एजेन्सी – मोनाकोका प्रिन्स अल्बर्टलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रिन्स अल्बर्टलाई कोरोना सङ्क्रमण भएको जनाएको हो ।
उनलाई दरबारमै क्वाराइनटाइनमा राखिएको छ । उनले क्वाराइनटाइनमै बसेर काम गर्ने बताइएको छ ।
उनले दुई दिन अघिमात्र बोल्दै धेरै मानिसहरु भेलानहुनु र अत्यावश्यक सामाग्री बाहेक केहि किन्न घर बाहिर ननिस्कन आग्रह गरेका थिए ।




प्रतिक्रिया