यस्तो छ साेमबारकाे माैसम पूर्वानुमान

यस्तो छ साेमबारकाे माैसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  हाल देशभरको मौसममा बंगलादेश तथा त्यस आसपासका क्षेत्रमा उत्पन्न निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

दिउँसो नेपालका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।