कस्ताे रहला सोमबारको मौसम पूर्वानुमान ?

कस्ताे रहला सोमबारको मौसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सोमबार देशका अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ । यस्तै राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । यसैबिच साँझपख विशेष गरि पहाडी भेगमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाे छ ।