काठमाण्डु – विसं २०७८ साल वैशाख २० गते सोमबार । इस्वी सन् २०२१ मार्च ०३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेटमा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । सरकारी स्तरमा तपाईंको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाडिन सक्छन् । तर पनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग पाइने छ । अध्ययनमा विद्यार्थीहरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन तान्न सकिनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीले हरेक पाइलामा समर्थन पाइने योग छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हाबी हुनेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरूभन्दा एक कदम अगाडि बढी सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउँदा मन प्रफुल्लित हुनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) माया प्रेमको डोरो कसिएर जानेछ भने जीवनसाथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बुढुवा हुने योग रहेको छ । अध्ययनमा विजय हुने योग रहेको छ भने अन्य साथीहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ ।




प्रतिक्रिया