सोमबार तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

सोमबार तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं २०७८ साल असार १४ गते । सोमबार । इस्वी सन् २०२१ जुन २८ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी ३३ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको प्रयोग गरी मनग्य धन आर्जन गर्न सकिनेछ । पढाइलेखाइमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा विशेष रुचि बढ्नेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) धर्म कर्ममा मन जाने हुनाले दिनभरजसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रभाह गर्नेहरूलाई रिजाएर महत्त्वपूर्र्ण काम दिन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे) भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  माया प्रेममा नजिकिने समय रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । साझको समय रहेकाले सवारी साधन वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ । साझको समय राम्रो रहेकाले कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)  छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगबाट फाइदा हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ । साझको समय मध्ययम रहेकाले यात्रा गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  माया प्रेममा अरुकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण समयमा नै फत्ते गर्न सकिनेछ ।