काठमाण्डु – वि.सं.२०७८ साल साउन १८ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट ०२ तारिख । नेपाल संवत् ११४१ काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडी बढ्न नसक्दा पछि परिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा रमाउन चाहने हरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ । घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ । समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाती रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अली बढी नै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरिबाट तपार्ईँको काममा सहयोग हुने छैन ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । सानातिना घरेलु समस्याहरूले सताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुशीले उचाई नाघ्नेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारी बिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुस हुनेछ भने नतिजा अरुतिर नै जानेछ ।




प्रतिक्रिया