साेमबार काठमाण्डु उपत्यकामा थपिए ५०१ जना काेराेना संक्रमित

साेमबार काठमाण्डु उपत्यकामा थपिए ५०१ जना काेराेना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साेमबार काठमाण्डु उपत्यकामा थप ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाण्डुमा ३७३,भक्तपुरमा ४४ र ललितपुरमा ८४ गरी ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म काठमाण्डुमा १४ हजार २७९,भक्तपुरमा ११ सय ८८ र ललितपुरमा २२ सय ४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २९४३ जना डिस्चार्ज भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ३७९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १३ जना रहेका छन् ।