काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया माैसम सफा रहने जनाएकाे छ।
तर, पनि दिउँसो देशको पहाडी भू-भाममा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा सामान्यतया सफा रही पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया