सोमबारको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा

सोमबारको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोमबार देशभर सामान्यतया बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली भएको छ । सबै प्रदेशहरुका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । सोमबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।