कस्तो रहला सोमबार दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

कस्तो रहला सोमबार दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानसमान गरेकाे छ । मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।