कस्तो रहला सोमबार दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

कस्तो रहला सोमबार दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले प्रदेश १, प्रदेश २ तथा पहाडी भू–भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ । केही स्थानमा हुस्सु पनि लागेको छ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ।