काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैबिच प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम भएकोले आवश्यक सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ। दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले मौसम प्रभावित भएको हो ।




प्रतिक्रिया