सोमबार कुन राशिका लागि कति शुभ ? हेर्नुस राशिफल

सोमबार कुन राशिका लागि कति शुभ ? हेर्नुस राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७७ साल असोज २६ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १२ तारिख । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धिहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धी हात लाग्नेछ । प्रेम प्रशङमा रमाउँन चाहाने हरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यातित गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवस्यक्ताहरु पूरा गर्न सकिनेछ ।ढाइमा प्रगती हुने तथा नतिजा तपार्ईँँ आफ्नै पोल्टोमा पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अथुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ ।