काठमाण्डु – वि.सं.२०७७ साल साउन ०५ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई २० तारिख । काठमाडौंमा सूर्योदय ०५ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुटुम्बसँग मनमुटाव बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्मघाती पनि हुनसक्छ । माया प्रेममा अविश्वास बढ्नेछ भने पति–पत्नीबीच विश्वासको वातावरण गुम्ने खतरा रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)कामहरु स्वतः स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यवासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ जस्तै हाइड्रो, पानीजस्ता उद्योग व्यवसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् ।माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानी जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)समय मध्ययम रहेकोले कुनै व्यापार व्यवसायमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बीचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)व्यापार व्यवसायमा लगानी वढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पती तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । साँझपख दिदि बहिनीहरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा तपाईंकै जित हुनेछ भने सहयोगीको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुदा दैनिक कामहरु प्रभावित हुनेछन् । मायाप्रेममा एक अर्कालाई अविश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ ।




प्रतिक्रिया