काठमाण्डु- नेपाल राष्ट्र बैंकले अर्को हप्ता मात्र अर्धवार्षिक समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले यही साता मौद्रिक नीति ल्याउने चर्चा चलेपनि अव नीति अर्को हप्ता मात्र आउने भएको हो ।
राष्ट्र बैंकका एक उच्च अधिकारीले मौद्रीक नीति अर्को हप्ता मात्र आउने बताए । गत वर्ष मौद्रिक नीति फागुन २९ मा आएको थियो ।
‘अर्थसचिवको परिवर्तन, गर्भनरको व्यस्तता र डेपूटी गर्भनरहरु बाहिर भएकाले केही समय ढिला भएको हो । अव अर्को हप्ता आउने निश्चित भइसकेको छ । ’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा उनले ल्याउने मौद्रिक नीति यो अन्तिम पटक हो । मौद्रिक नीति सामान्यतया दोस्रो त्रैमास सकिएको ४५ दिनभित्र ल्याउने चलन छ । राष्ट्र बैंकलाई अझै फागुन १५ गतेसम्मको समय बांकी छ ।
सेयर बजारमा जांदा जांदै गर्भनर अधिकारीले केही नीतिगत परिवर्तन गरेर बजारलाई चलायमान बनाउन सक्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया