स्रोत नखुलेको नगद १० लाखसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको नगद १० लाखसहित भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका–२७ ज्याठा चोकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको मोतीहारी घर भई हाल ललितपुरको सानेपा बस्ने ४० वर्षीय रूपेश गुप्तालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बा९१प ९९५८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र रहेको ब्यागमा नगद फेला पारी स्कुटर चालक गुप्तालाई पक्राउ गरेको छ ।

बरामद नगद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।