भारतमा कांग्रेस सांसदको संस्थानबाट ४ अर्ब नगद बरामद, १३६ झोला नोट अझै गन्न बाँकी


काठमाण्डु – भारतको झारखण्डमा भारतीय कांग्रेसका राज्यसभा सांसद धीरजप्रसाद साहूसँग सम्बन्धित परिसर र संस्थानबाट आयकर विभागले ठूलो मात्रामा नगद बरामद गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म ४ अर्ब नगद गणना भइसकेको छ भने १३६ झोलामा रहेका नोट अझै गन्न बाँकी छ ।

आयकर विभागले ६ डिसेम्बरदेखि ओडिशा र राँचीमा रहेका उनीसँग सम्बन्धित परिसर र संस्थानमा छापा हानिरहेको छ । भारतमा यसपालिको छापाबाट हालसम्मकै सर्वाधिक ‘कालोधन’ बरामद भएको मानिएको छ । विभागले बरामद गरेका नोट ५०० भन्दा बढीका छन् ।

बरामद भएका नोट गणना गर्न ४० वटा मशिन प्रयोग भएका छन् । गणना गर्दै जाँदा बरामद नगद ८ अर्बसम्म पुग्नसक्ने अनुमान गरिएको छ । छापा हान्न आयकर विभागबाट १०० बढी कर्मचारी परिचालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement