व्यापारीको नौ लाख लुटियो

व्यापारीको नौ लाख लुटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिवास–  महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम  अाइतबार  दिउँसै लुटपाट भएको छ ।

सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह धनुषाको महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट रकम लिएर घरतर्फ आउँदै गर्दा महोत्तरी र धनुषाको साँधमा पर्ने बिग्हीपुलमा हतियारधारी चार जनाको समूहबाट लुटिएका हुन्।

मोटरसाइकलबाट घर फर्कंदै गरेका साहको पिछा गर्दै दुईवटा मोटरसाइकलमा आएका चारजनाले अगाडिबाट बाटो छेकेर साथमा रहेको नौ लाख रकम लुटेर लगेका पीडितको भनाइ छ। लुटेराहरुले बाटो छेकेर पेस्तोल देखाउँदै रकम लगेका साहले बताए।

घटनालगत्तै सीतापुर प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाबाट सुरक्षाकर्मी घटनास्थल पुगे पनि लुटेरा भागेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

घटनास्थल वरिपरि र अन्य शंकास्पद ठाउँमा लुटेराको खोजीमा प्रहरी परिचालित गरिएको जिप्रका महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।