काठमाण्डु– काठमाडौंबाट स्रोत नखुलेको ६८ लाख रूपैयाँ सहित ४ जना पक्राउ परेका छन् ।मंगलबार राति काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउपर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमारपौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुबेदी रहेका छन् ।
प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले प्रदेश.३–०१०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।




प्रतिक्रिया