स्रोत नखुलेको साढे १४ लाख रकमसहित १ जना पक्राउ

स्रोत नखुलेको साढे १४ लाख रकमसहित १ जना पक्राउ

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – प्रहरीले स्रोत नखुलेको साढे १४ लाख रकमसहित १ जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँसहित विराटनगर महानगरपालिका–१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को३८प ५८५१ नम्बरको मोटरसाइकलामा सवार उनलाई पक्राउ गरेको छ ।

बरामद रकम सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।