कैलाली – धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट स्रोत नखुलेको नगद २८ लाख ३५० रूपैयाँसहित २ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले यूपी ३१ सीएन ११७५ नम्बरको कार जाँच गर्ने क्रममा नगद फेला पारी चालक हरचित र कारमा सवार सागरलाई पक्राउ गरेको छ ।
बरामद रकम सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया