स्वीटजरल्याण्डद्वारा नेपाललाई करीब १५ अर्ब सहयोगको घोषणा

स्वीटजरल्याण्डद्वारा नेपाललाई करीब १५ अर्ब सहयोगको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- स्वीटजरल्याण्डले नेपाललाई १४ अर्ब ७० करोड सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

स्विस विकास सहयोग नियोग (एसडिसी) ले नेपालको विकास प्रयासमा साझेदारी गरेको ६०औँ वर्ष प्रवेशका सन्दर्भमा नेपालको औपचारिक भ्रमणमा रहेका एसडिसीका महानिर्देशक म्यानुएल सागरले शुक्रबार ललितपुरमा सञ्चारकर्मीमाझ सन् २०१८–२०२१ का निम्ति उक्त रकम नेपाललाई उपलब्ध गराइने बताएका हुन् ।

उक्त रकम समावेशी संघीय राज्य निर्माण, रोजगारी तथा आय प्रवद्र्धन, सुरक्षित आप्रवासन, लैङ्गिक समानता, सामाजिक समावेशिता, विपद् जोखिम घटाउनेलगायत कार्यक्रम कार्यान्वयनमा खर्च गर्नुपर्नेछ।

नेपालका लागि स्विटरल्याण्डका राजदूत एलिजावेथ फ कपेलरले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलता विकासका निम्ति गर्नुभएको थालनीको सराहना गर्दै त्यसमा स्विटजरल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।