एजेन्सी – नयाँ कोरोनाभाइरस स्वासप्रश्वास गर्दा झर्ने तरल पदार्थले सर्ने गर्छ । यसको अर्थ जब संक्रमित मानिसले खोक्छ, संक्रमित झर्ने चिजहरु मानिसमा जान्छ र संक्रमणको अवस्था ल्याउछ ।
तर यो तापक्रम तथा आद्रतामा निर्भर रहन्छ । तर केही क्रेडिट कार्ड र सिक्काहरुले कागजी नोटको तुलनामा धेरै भाइरस बोक्ने सम्भावना उच्च हुन्छ । अवस्य पनि एकै दिनमा धेरै मानिससँग साटासाट हुने पैसाले भाइरस सार्न सक्ने सम्भावना उच्च हुन्छ ।
चिनियाँ बैंकहरुले ग्राहककहाँ जानु भन्दा पहिले पैसालाई किटाणुमुक्त बनाउन थालेको छ । यसलाई भाइरस विस्तारको संक्रमण रोक्ने प्रयासको रुपमा हेरिएको छ । चीनमा अस्पताल र अन्य संक्रमित क्षेत्रबाट आउने पैसालाई पुनः समाजमा वितरण हुनुपुर्व केन्द्रीय बैंकमा पठाउन थालिएको छ । यो सम्भावित संक्रमणको नोटलाई नस्ट समेत गर्ने गरिएको छ ।
ढोका र टेबुल जस्ता चिल्लो ठाउँहरुले भाइरस बोक्न सक्छ । यसले पैसा तथा कपालको तुलनामा बढी मात्राम भाइरस सार्न सक्छ । तर पैसा र कपालले लामो समयसम्म भाइरसलाई बाँच्न दिँदन ।
युनिभर्सिटी अफ नर्थ क्यारोलिनाकी महामारी विज्ञ रचेल ग्राहामले भनिन्,‘सिक्काले नोटको तुलनामा बढी मात्रामा भाइरस सार्ने काम गर्छ । तर यसलाई ठूलो चिन्ताको विषयमा लिनु हुदन ।’ कार्यालयमा गरिने औठाछापको हाजिरीले पनि यो सर्न सक्ने धारणा उनको छ ।




प्रतिक्रिया