काठमाडौं – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकको विदेशी मुद्राको विमिय दर अनुसार अमेरिकी डलरसहित रियाल, दिर्हाम र दिनारको भाउ केही घटेको छ । मलेसियन रिंगिट स्थिर छ भने कोरियन वन एक पैसा बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९० पैसा र बिक्रीदर १११ रुपैयाँ ५० पैसा तोकेको छ ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५७ पैसा र बिक्रीदर २९ रुपैयाँ ७३ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा थियो ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ६२ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा थियो ।
मंगलबार मलेसियन रिंगिटको भाउ सोमबार जस्तै छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा र बिक्रीदर २६ रुपैयाँ ६३ पैसा छ । यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ ।
कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४३ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १२ पैसा थियो ।
बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ १८ पैसा र बिक्रीदर २९५ रुपैयाँ ७७ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ २५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८४ पैसा थियो । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केहि पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।




प्रतिक्रिया