काठमाणडु – सरकारले सोमबारकाे मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।
त्यस्तै बैठकले २०८० वैशाख १ गतेयताका मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी मृतकसरह राहत उपलव्ध गराउने निर्णय भएको गुरुङले बताए ।
नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एकजनालाई बढुवा गर्ने निर्णय गरेको छ भने एकजना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गर्ने निर्णय गरेको छ ।






प्रतिक्रिया